दफा ४२
कर्मचारी प्रतिष्ठानमा रहन सक्ने
(१) यो ऐन प्रारम्भ हु“दाका बखत कर्णाली अञ्चल अस्पताल, जुम्लामा कार्यरत नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरूमध्ये प्रतिष्ठानमा काम गर्न चाहने कर्मचारीले यस ऐन अन्तर्गत बनेको कर्मचारी सेवा सम्बन्धी नियम प्रारम्भ भएको मितिले छ महिनाभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिने कर्मचारीलाई नेपाल सरकारले प्रतिष्ठानको कर्मचारीको रुपमा रहने स्वीकृति दिएमा त्यस्ता कर्मचारी प्रतिष्ठानको कर्मचारी मानिनेछ ।
(३) उपदफा (२) बमोजिम प्रतिष्ठानमा रहने कर्मचारीले स्वास्थ्य सेवामा काम गरेको सेवा अवधि प्रतिष्ठानको सेवा अवधिमा गणना हुनेछ ।